१२ श्रावण २०८१, शनिबार

जनताले नपत्याएकाले स्थानीय पूर्वाधार विकास कार्यक्रमलाई सांसद विकास कोष भन्दैछन्



कार्यविधी र प्रक्रियाका बारेमा अध्ययन नगर्ने,जनताकावीचमा जानु नपर्ने र जाँदा जनताले नपत्याकाहरूले मात्र स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको बिरोध गरेको प्रतिनिधि सभाका सदस्य झपटरावलको आरोप छ ।

धनगढी, बैशाख ५ गते । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्री सदस्य तथा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य झपट रावलले स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रम सबैभन्दा प्रभावकारी र शतप्रतिशत कार्यान्वयन हुने कार्यक्रम भएको दावी गरेका छन् ।
स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमलाई बुझदै नबुझेर सांसद विकास कार्यक्रम हो भन्नेहरुलाई लक्षित गर्दे उनले सो कार्यक्रमको छ करोड रुपियाँ सांसदको तजबिजका आधारमा नभएर त्यसको संचालन कार्यविधी अनुसार खर्च हुने बताए ।
अनुमोदन खवर डटकमसंग प्रतिक्रिया दिदै उनले सांसद भएपछिको यो दुई वर्षको मेरो अनुभवमा देशैभरी समान रूपमा जाने अरू योजना भन्दा प्रभावकारी र शतप्रतिशत कार्यान्वयन हुनेमा हुने भएकोले सो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने संकेत गरे ।
सांसद विकास कोष नाम गरेको कोष नेपालमा छैन भन्ने सामान्य जानकारी पनि नराखेर सस्तो बजारबिकाउ कुरा गर्नुको अर्थ छैन उनले भने
संघिय संसद् सदस्यहरुको नाममा कुनैपनि कोष हुनु हुदैन यो प्रावधान खारेजी हुनुपर्छ भनेर मैले नै सर्बोच्च अदालतमा मुद्दा दायर गरेको थिए । त्यही मुद्धाका आधारमा त्यो खारेज भइसकेको पनि छ ।
अहिले विश्व मानव समाज कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको छ र हामी पनि यो महामारीसंग विकल्परहित युद्ध लडिरहेका छौं । यो लडाइँ चर्चा गरिएको रकमका कारणले सजिलै जितिने र हारिने भन्ने होइन सांसद रावलले भने त्यो रकम काटिनु पर्छ भन्नु पूर्णतया पूर्वाग्रही मान्यताबाट ग्रसित मानसिकताको उपज सिवाय अरु केही हुन सक्दैन ।
यो रोग केवल पैसाका कारणले मात्रै नियन्त्रण गर्न सकिने भए अमेरिकाको मृत्यु दर र संक्रमित दर संसारकै सबैभन्दा बढी नहुनु पर्ने हो उनले तर्क गर्दे भने, स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमका सकरात्कम पक्ष बारे घन्टौं छलफल गर्न सकिन्छ तर यतिबेला कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै हुदै नभएको तथाकथित सांसद विकास कोषको बारेमा सस्तो बजारमा विकाउका लागि फगत चर्चा गरिनु बेमौसमी बाजा मात्रै हो ।
कार्यविधी र प्रक्रियाका बारेमा अध्ययन नगर्ने,जनताकावीचमा जानु नपर्ने र जाँदा जनताले नपत्याकाहरूले मात्र स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको बिरोध गरेको प्रतिनिधि सभाका सदस्य रावलको आरोप छ । अर्को थरि जो केवल जनताकावीचमा विकाउ कुरा गर्नका लागि हुँदै नभएको सांसद विकास कोषको कुरा गरिरहेका छन प्रतिनिधि सभाका सदस्य रावलले भने ।
स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमबाट भएको कामको उदाहरण मेरो क्षेत्रमा हेर्न सकिन्छ उनले दावी गर्दे भने पचास शैयाको अस्पतालको हामीले शुरुवात यही कार्यक्रमबाट गरेका थियौं । सांसद रावलले अगाडि भने गएको वर्ष एक करोड दश लाख र यसपालिको बजेटबाट दुई करोड एकाउन्न लाख छुटयाएकोमा यसपालीको सबै रकम सम्बन्धित नगरपालिकाबाट सबै खर्च भैसकेको छ । सो कार्यक्रमको रकम आफ्नो निर्वाचन क्षेत्रमा ७० र८० प्रतिशत खर्च भइसकेको पनि उनको भनाई छ । यदी अहिले त्यही स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको रकम कटौती गरौ भनिदै छ भने एकपटक स्थानीय तहका पदाधिकारी साथीहरुसंग पनि सम्पर्क गर्न जरुरी छ उनले भने । सांसद रावलले सो सम्वन्धमा सामाजिक सञ्जाल फेसवूकमा लामो स्टाटस पनि लेखेका छन् ।
सत्तारुढ दलका उपल्लो तहका नेताका साथै सांसद समेत रहेकाहरुले समेत सांसद विकास कोष भन्दै ट्वीट र स्टाटस लेखेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार