७ कार्तिक २०८१, बुधबार

घर हिडेकालाई गन्तव्यमा पुगाउन प्रधानमन्त्री ओलीको निर्देशन



धनगढी, बैशाख ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घर हिडेकालाई गन्तव्यमा पुगाउन निर्देशन दिएका छन् ।
बालुवाटारमा आज साँझ बसेको मन्त्रीपरिषदको बैठकपछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन । आज सांझ बलुवाटारमा मन्त्रीपरिषद र कोरोना रोकथाम तथा नियन्त्रण समितिसहितको बैठक बसेको थियो ।
प्रधानमन्त्रीले प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर गन्तव्यमा पुगेकालाई घर पुगाउन निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले बताए । खासगरेर काठमाडौबाट हिडेकाहरु देशका विभिन्न स्थानमा अलपत्र परेका छन् । कैयौ दिनदेखि हिडेकाहरुले खान समेत नपाएको समाचारहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार