३ जेष्ठ २०८१, बिहीबार

राहत कोषमा बैक अफ काठमाडौद्धारा पाँच लाख सहयोग



धनगढी । बैक अफ काठमाडौ लिमिटेडले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ जम्मा गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकमको चेक विहीबार हस्तान्तरण गरिएको छ । सो चेक बैकका सुदुरपश्चिम प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले मुख्यमन्त्री भट्टलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सो बैंकका धनगढी शाखा प्रमुख सन्देश जोशी र कर्जा अधिकृत टेकराज जोशीको उपस्थिति थियो ।
प्रदेश सरकारले आफैले ४० करोड जम्मा गरेर सो कोष स्थापना गरेको थियो । सो कोषमा हालसम्म एक करोड ३० लाख रुपैयाँ बैक लगायतका संस्थाहरुबाट जम्मा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार