१० श्रावण २०८१, बिहीबार

पशु प्रयोगशालाको पीसीआरबाट कोरोना परीक्षण शुरु



धनगढी । केन्द्रीय पशु प्रयोगशाला काठकाडौबाट ल्याइएको पीसीआर उपकरणबाट आजदेखि स्वाब परीक्षण शुरु गरिएको छ ।
धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण केन्द्रको प्रयोगशालामा परीक्षण शुरु गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव लोकेन्द्र धामीले बताए ।
सुदूरपश्चिममा चार जनालाई कोरोना संक्रमण देखिएपछि स्वाब परीक्षणको गति बढाउन दवाव परेपछि सो उपकरण ल्याइएको थियो । सो उपकरणले झण्डै पाँच घण्टामा ९६ वटा स्वाब परीक्षण गर्ने बताइएको छ । सो उपकरण बुधबार सेनाको स्काइ ट्रकबाट धनगढी ल्याइएको थियो ।
त्यसअघि चीनबाट ल्याएर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको उपकरणले एक घण्टा १० मिनेटमा एउटा मात्रै स्वाब परीक्षण गर्ने गरेको छ । सो पीसीआर उपकरण सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार