१० श्रावण २०८१, बिहीबार

कृषिमन्त्री भुषालले पठाए कोरोना परीक्षण गर्न पशु प्रयोगशालाको उपकरण



धनगढी । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले कोरोना परीक्षणमा तिब्रता दिनका लागि धनगढीमा केन्द्रीय पशु प्रयोगशालाको उपकरण (पीसीआर) पठाएका छन् । सो उपकरण नेपाली सेनाको स्काइ ट्रकमा आज धनगढी पुगेको हो ।
सुदूरपश्चिममा संक्रमण वढी रहेको र गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको उपकरणले मात्रै परीक्षण धान्न नसक्ने भएपछि मन्त्री भुषालले सो पठाएका हुन ।
गत मंगलबार संघीय सरकारले चीनबाट ल्याएर पठाएको पिसीआर उपकरणले दैनिक आठ जनाको मात्रै परीक्षण गर्ने गरेको छ । पशु प्रयोगशालाको उपकरणले एक पटकमा ९६ वटा परीक्षण गर्न सक्छ । सो उपकरणमा ९६ स्वाब परिक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्छ । भने दिनमा दुई पटक मात्रै परीक्षण गरियो भने पनि १९२ को हाराहारीमा स्वाब परीक्षण गर्न सकिने छ पशु चिकित्सक डा. नरेश जोशीले बताए ।


सो उपकरण धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण प्रयोगशालामा नै राखिने पनि डा. जोशी बताए । यद्यपी सो उपकरण सञ्चालन गर्न अझै विभिन्न खालका झण्डै एक दर्जन थप उपकरण आवश्यक पर्ने भएको छ । ती सामाग्री केही यता र केही काठमाडौबाट जुटाउने प्रयास भैरहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।
सुदूरपश्चिममा चार जना कोरोना संक्रमित देखिएपछि धेरै भन्दा धेरैको स्वाब परीक्षण गर्नु पर्ने माग उठ्न थालेपछि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको आग्रहमा पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्री भुषालसंग पशु प्रयोगशालाको उपकरणका दिन अनुरोध गरेका थिए ।
त्यसपछि मन्त्री भुषालकै निर्देशनमा पूर्वमन्त्री सोडारी सोमबार दिउँसो सेती प्रादेशिक अस्पताल पुगेर प्राविधिकसंग सल्लाह गरेका थिए । उनले पशुपन्छी विभागका महानिर्देशक डा.बन्सी शर्मा र सेती प्रादेशिक अस्पतालका प्राविधिक सुनिलप्रसाद लेखक टेलिफोनमा छलफल गराएका थिए । छलफलपछि सो उपकरण धनगढीमा ल्याएर प्रयोगमा ल्याउन सकिने निश्कर्षपछि आज सो उपकरण आइपुगेको हो । सोडारी, प्रदेशका कृषि सचिव डा. किसानदेव भट्ट, स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थी र प्राविधिक टोलीले सोमबार नै धनगढी एलएन चोकको पशु अन्वेषण प्रयोगशालको अवस्था पनि हेरेका थिए सामाजिक विकास मन्त्री सुवेदीका स्वकिय सचिव लोकेन्द्र धामीले बताए ।
मन्त्री भुषाललाई उपकरण पठाइ दिन कैलाली‐२ का सांसद झपट रावल, कञ्चनपुरका‐३ का सांसद दीपकप्रकाश भट्ट र प्रदेश सभा सदस्य लीलाधर भट्टले समेत पटकपटक आग्रह गरेका थिए । मुख्यमन्त्री त्रिलोचन भट्टले पनि मन्त्री भुषाललाई फोन गरेर सो उपकरण चाँडो पठाइ दिन अनुरोध गरेका थिए ।

थप किन्नु पर्ने उपकरणहरुको सूची

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार