३ श्रावण २०८१, बिहीबार

हामी स्वयमसेवी हुन तयार छौ गैसस महासंघ



धनगढी । गैरसरकारी संस्था महासंघ (गैसस) सुदूरपश्चिम प्रदेश समितिले कोरोना भाइरसका कारण गरिएको लकडाउनले दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने बिपन्न परिवारहरु नराम्ररी प्रभावित पारेकोले ती परिवारका लागि विशेष राहतका प्याकेजहरु कार्यक्रम यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
महासंघका प्रदेश अध्यक्ष देवीप्रसाद खनालले एक विज्ञप्ती जारी गरेर नेपाल भारत सीमामा रोकिएका नेपाली जनतालाई नेपाल आउने वातारण मिलाउन पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहलाई आग्रह गरेका छन् ।
उनले विज्ञप्तीमा हाल कोरोना भाइरसको आशंका बाहेकका बिरामी समेतको उपचार हुन नसक्ने वातावरण देखिएकोले सवै स्वास्थ्य संस्थाहरुले आफनो निजी स्वार्थ भन्दामाथि उठी यस विषम परिस्थितिमा आप्mना सेवाहरु नियमित गर्न अनुरोध पनि गरेका छन् । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य सामग्री विक्रेताले यस जटिल अवस्थाको अनुचित फाइदा उठाउदै मुल्य वृद्धि गर्न नहुने राय पनि गैसस महासंघको छ ।
कोरोना भाइरस (कोभिड —१९)को नियन्त्रणका लागि सरकारद्वारा स्थापना गरीएका सहायत कोषलाई आवश्यकताको आधारमा प्रभावकारी रुपमा समयमा नै परिचालन गर्न आग्रह गर्दै पारदर्शिता र जवाफदेहिता प्रति पनि सचेत रहन हुन र बहुपक्षिय र द्विक्षीय विकास साभेदारहरु, दातृ निकायहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु तथा निजि क्षेत्र लगायत सम्पूर्णलाई एकद्वार प्रणालीबाट सहयोग गर्न हुन समेत सो विज्ञप्तीमा आग्रह गरिएको छ ।
अध्यक्ष खनालले नेपाल सरकारले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि चालेका कदमप्रति पुन ऐक्यवद्धता जनाउदै यस चुनौतीपूर्ण घडीमा गैरसरकारी संस्था महासंघ नेपाल र यसका सम्पूर्ण सदस्य संस्थाहरुको साथ रहेको विश्वास समेत दिलाएका छन् ।
उनले महासंघका सदस्यहरु नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहले भनेको समयमा कोरोना नियन्त्रण सम्वन्धी चेतनामूलक काममा स्वयंमसेवी भएर काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार