१० श्रावण २०८१, बिहीबार

मन्त्री भट्टद्धारा महिला तथा वृद्धवृद्धाहरुलाइ राहत वितरण



महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री माया भट्टले कोरोना भाइरसको कारण भएको लकडाउनका कारण समस्यामा परेका कञ्चनपुरका महिला तथा वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री राहत दिएकी छन् ।
शनिबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर र वेदकोट नगरपालिकामा रहेका महिला तथा वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री दिएकी हुन ।
सो अवसरमा मन्त्री भट्टले स्थानीय शारदा चन्दको सक्रियतामा सञ्चालन भइरहेको महिला तथा वृद्ध सेवा केन्द्र र वैज्ञनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रलाई ५०÷५० कट्टा खाद्यान्न सामाग्री हस्तान्तरण गरिन ।
मन्त्री भट्टले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको अभाव भएमा फेरि पनि सहयोग गर्ने वताएकी थिइन ।
राहत वितरण कार्यक्रममा कञ्चनपुरका प्रदेश सभा सदस्य लालबहादुर खड्काको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार