२ जेष्ठ २०८१, बुधबार

विपन्नलाई वितरण गर्न भजनी नगरपालिकालाई खाद्यान्न सहयोग



धनगढी । कोरोना भाइरसको माहामारीबाट उत्पन्न भएको समस्यालाई मध्यनजर गर्दै विपन्न परिवारलाई वितरण गर्नका लागिभजनी नगरपालिकालाई एक उद्योगीलाई खाद्यान्न सहयोग गरेका छन् ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउने वर्ग सबैभन्दा बढी मर्कामा परेपछि नेकपाकी महिला नेतृ एवं भजनि नगरपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीको समन्वयमा कैलालीको गेटास्थित बालाजी राइस मिलका प्रवन्धक प्रदिपकुमार बैदले ५४० कट्टा अर्थात २७ क्विन्टल चामल नगरपालिकालाई सहयोग गरेका हुन । ५४० का ती प्रत्येक कट्टामा पाँच किलो चामल राखिएको छ ।
लगातारको लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदालाई अत्यन्तै समस्या परेपछि खाद्यन्न संकलन गर्न लागिएको कार्यपालिका सदस्य ज्ञवालीले बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार