२ जेष्ठ २०८१, बुधबार

सञ्चारकर्मीलाई राहत प्याकेज दिन अध्यक्ष अर्यालको आग्रह



धनगढी । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यमलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।
अध्यक्ष अर्यालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दे सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यम छुटेकोले तत्काल विशेष राहत प्याकेज घोषणा गर्न आग्रह गरेका हुन ।
देश यतिबेला कोरोना भाइरसका कारण गम्भीर संकटमा छ । सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ यो अवस्थामा सरकारले विभिन्न समुदाय र वर्गको लागि राहत प्याकेज पनि घोषणा गरेको छ विज्ञप्तीमा भनिएको छ यस्तो वेला पनि श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने,यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन ।
अध्यक्ष अर्यालले भनेका छन् पत्रकारहरु अहिले फ्रन्टलाईनमा रहेर काम गरिरहेका छन् तर पनि सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरुका सम्वन्धमा केही बोलिएको छैन् त्यसैले राहत प्याकेजसंगै श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षामा पनि ध्यान दिन सरकारलाई आग्रह गर्दछौ ।
कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य, सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठान थप गम्भीर बन्नु आवश्यक रहेको पनि विज्ञप्तीमा उल्लेख छ । यो संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्वन्धित आमसञ्चार प्रतिष्ठानका व्यवस्थापनलाई यो घडीमा मानवीय हिसावले समेत यो समस्याको समाधान गर्न आग्रह गरिन्छ अध्यक्ष अर्यालले विज्ञप्तीमा जोड दिएका छन् ।
यस्तै गरेर आमसञ्चार उद्योगलाई सरकारले प्राथमिकतामा राखेर सेवा उद्योगका रुपमा मान्यता दिइ नविकरण र कर छुटको व्यवस्था मिलाउन जरुरी छ सो विज्ञप्तीमा भनिएको छ । अहिले खासगरी मोफसल र श्रमजीवीहरुले संचालन गरेका स्वरोजगारमुलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा छन अध्यक्ष अर्यालद्धारा जारी विज्ञप्तीमा भनिएको छ त्यसैले उनीहरुका लागि राज्यका तर्फबाट ठोस आर्थिक राहतको प्याकेज दिन जरुरी छ ।
विज्ञप्तीमा यो संवेदनशिल अवस्थामा कार्य क्षेत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आफ्नो सुरक्षाप्रति सतर्कता र सावधानी अपनाउन पनि अपिल गरिएको छ । हामीसंग संकटको सामना गर्नुको विकल्प छैन, तसर्थ यो घडीमा आमसञ्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संवेदनशिल बन्दै सत्य ,तथ्य ,सकारात्मक समचार संप्रेषण गर्न आग्रह छ विज्ञप्तीमा उल्लेख गरिएको छ जनता आतंकित बनाउने नभई जिम्मेवार एवम आशा जगाउने समाचार संप्रेषित गरौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार