२ जेष्ठ २०८१, बुधबार

कोरोना परीक्षण गर्ने उपकरण धनगढी आइपुग्यो



धनगढी । आउने नआउने अनेक आशंका गरिएकोवेला कोरोना भाइरस ( कोभिड १९) को परीक्षण गर्ने उपकरण नेपाली सेनाको स्काइ ट्रकबाट मंगलबार साँझ काठमाडौबाट धनगढी ल्याइएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सो उपकरण मंगलबार धनगढी पुग्ने बताए पनि धेरैले पत्यार गरेका थिएनन् ।
कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य झपटबहादुर रावलले उपकरण ल्याउन अनेक अड्चन सृजना गर्न खोजिए पनि सो उपकरण धनगढी पुग्नु सुदूरपश्चिमका लागि सुखद रहेको टिप्पणी गरे ।


सो उपकरण हाल सेती प्रादेशिक अस्पतालमा राखिने भएको छ । मन्त्री सुवेदीका अनुसार सो उपकरण सञ्चालन गर्नका लागि तीन जनाको विशेषज्ञ टोली पनि मेसिनसंगै धनगढी आएको छ । सो उपकरण संघीय सरकारले चीनबाट ल्याएर सबै प्रदेशलाई वितरण गर्ने नीति अन्र्तगत धनगढी पठाएको हो ।


विज्ञहरुले सेती अस्पतालका स्वास्थ्यकर्मीलाई यही वेला प्रशिक्षित गर्नेछन मन्त्री सुवेदीले भने, प्रदेश सरकारले ल्याउने अर्को उपकरण पहिलोको जिल्ला जनस्वास्थ्य अस्पतालमा राखिने छ ।
सो उपकरण आएपछि कारोना पुष्टी गर्न छिटो र सजिलो हुने छ । अहिलेसम्म कोरोनाका आशंकित विमारीको नमूना शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल काठमाडौ पठाइने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार