१ जेष्ठ २०८१, मंगलवार

कोरोना कहर : विश्वले गुमायो ३० हजार मानिस, संक्रमित ७ लाख नजिक



एजेन्सी–चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको महामारी अहिले विश्वका १७७ देश तथा राज्यमा फैलिएको छ। विश्व नै यो महामारीसँग लकडाउन, इमरजेन्सीलगायत अन्य उपायबाट लडिरहेको छ। यही महामारीबाट विश्वले ३० हजारभन्दा धेरै मानिसलाई गुमाउनु परेको छ। 

जोन हप्किन्स विश्वविद्यालयको ताजा तथ्यांक अनुसार विश्वभर ३० हजार ७ सय ८० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। सबैभन्दा धेरै इटालीमा १० हजार २३ जनाले ज्यान गुमाएका छन् । इटालीपछि अर्को देश स्पेन रहेको छ। स्पेनमा ५ हजार ६ सय ९० जनाको मृत्यु भएको छ।

यी हुन धेरै मृत्यु हुने सात  देश

इटाली– १००२३
स्पेन– ५९८२
चीन– ३३०५
इरान– २५१७
फ्रान्स– २३१४
अमेरिका– २२२१
बेलायत– १०१९ 
नेदरल्यान्ड–६३९
जर्मनी–४३३ 

विश्वभर संक्रमितको संख्या ७ लाख नजिक 

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या सात लाखनजिक पुगेको छ। हालसम्म ६ लाख ६२ हजार ७३ जना संक्रमित फेला परेका छन्।

संक्रमित बिरामीको संख्यामा सवैभन्दा अगाडि अमेरिका छ। अमेरिकापछि इटाली, चीन, स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड र दक्षिण कोरिया रहेको छ । 

यी हुन् धेरै संक्रमित भएका १० देश 

अमेरिका–१ लाख २२ हजार ६ सय ६६
इटाली–९२ हजार ४ सय ७२ 
स्पेन–७३२५३
चीन–८१९९९
जर्मनी–५७६९५
फ्रान्स–३८१०५
इरान–३५४०८
बेलायत–१७३१२
स्वीटजरल्याण्ड–१४०७६
नेदरल्याण्ड–९८१९
दक्षिण कोरिया–९४७८

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार