१ जेष्ठ २०८१, मंगलवार

कोरोना संक्रमित पाँचौं बिरामी बाग्लुङकी, एउटै फ्लाइटका दुई युवतीमा देखियो संक्रमण



काठमाडाैं । नेपालमा कोरोना भइरसको संक्रमण देखिएकी पाँचौ युवती बागलुङकी जिल्लाकी रहेकी छिन्। उनलाई कोरोनाको लक्षण देखिएपछि आफन्तले चेकजाँचका लागि पठाएका थिए।

 बेल्जियमबाट उनी कतार हुँदै नेपाल आएकी थिइन्।  चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्।

नेपाल आए लगत्तै उनी बागलुङ पुगेकी थिइन्। घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् उनी।  उनका आफन्त डाक्टर हुन्। आफन्तले उनको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

उनी आएको र यसअघि कोरोना देखिएकी १९ वर्षीया युवतीको फ्लाइट एउटै रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार