४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा थप एक जनामा काेराेनाकाे संक्रमण देखियाे



काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या तीन पुगेको छ। आज थप एक जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा गरिएकाे नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड-१९ देखिएको पुष्टि गरेका छन्।

विस्तृत जानकारी उपलब्ध नभइसकेको भए पनि स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख छ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएकाे छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीलाई पनि कोराना संक्रमण भएको थियो। उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो।

चीनबाट फर्किएका अर्का एक व्यक्तिको भने उपचारपछि निको भइसकेको  छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार