१७ बैशाख २०८१, सोमबार

धनगढी र महेन्द्रनगरमा भारतबाट आउनेहरुको लर्को



धनगढी । नेपाल सरकारले आइतबारदेखि भारतको सीमानाका बन्द गरेको भए पनि सोमबार कैलाली कञ्चनपुरका नाकाबाट आउने नेपालीको संंख्यामा कमी भएको छैन् ।
सोमबार साँझसम्म धनगढीको त्रिनगरबाट दुई हजार पाँच सय बढी नेपालीहरु भारतको विभिन्न स्थानबाट नेपाल फर्किएका छन् । दिउँसो ३ बजेसम्म दुई हजार एक सय आएका थिए, अहिले पाँच सयको हाराहारीमा भारतबाट आएकाहरु स्वास्थ्य परीक्षणका लागि लाइनमा छन् त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महादेव भट्टले बताए ।


यस्तै गड्डाचौकी नाकाबाट पनि सोमबार ८९३ नेपालीहरु घर फर्किएका छन् । कञ्चनपुरैकै व्रहमदेवमण्डीबाट पनि ७५ जना नेपालीहरु भारतबाट नेपाल आएका छन् ।
लामो समय होहल्ला गरेपछि पछिल्लो समयमा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर नेपाल आउन दिन थालिएको हो । भारतबाट आउनेलाई रोकेका थियौ होहल्ला हुन थालेपछि संघीय सरकारको आदेश लिएर नेपाल पस्न दिएका छौ प्रहरी नायव निरीक्षक भट्टले बताए ।
भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस नत्र नेपाल जान देउ भनेर होहल्ला गरेका थिए । उनीहरुले नेपाली सुरक्षाकर्मीले दिएको पानी पनि अस्वीकार गरेका थिए ।

नेपाल आउनेमा पाँच महिनाका वालवच्चा सहितका महिलाहरु समेत छन् । उद्योग धन्दा बन्द भएपछि मुम्वईमा काम पाउन छोड्यो अनि फर्किएर आयौ पाँच महिनाको बच्चा काखमा बोकेर श्रीमानसंगै आएकी डोटीको सानागाउँकी शा रदा परिवारले बताइन । उनको साथमा पाँच वर्षकी छोरी पनि थिइन ।
डोटीको केआइसिंह गाउँपालिका‐४ कार्कीगाउँका डवलबहादुर कार्कीले पनि काम पाउन छोडेपछि नेपाल आएको बताए । त्रिनगरनाकामा आउनेमा धेरै जस्तो भारतको मुम्वई र पुनाबाट आएकाहरु छन् । मुम्बईबाट आउनेहरु तीन दिन लगाएर नेपाल पुगेका हुन । बाटोमा धेरै ठाउँ खाना, पानी र नास्ता निशुल्क पाइएको कैलालीको गोदावारी नगरपालिका‐ १० कोलमुढाका दीपक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार