१७ बैशाख २०८१, सोमबार

नेपालमा एक जनामा कोरोना संक्रमण



नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । आज(सोमबार)पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुशार ती नागरिक फ्रान्सबाट काठमाडौं आएका हुन् । 
१९ वर्षका उनी चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएका थिए । तर त्यसबेला नीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए । हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धर्य गर्न र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार