१७ बैशाख २०८१, सोमबार

“मन्त्रीले धम्की दियो भन्नु अतिरञ्जित”



धनगढी । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आफूले सोही मन्त्रालयका सचिव डा . दीपक खराललाई कुनै धम्की नदिएको बताएकी छन् ।
अन्तिम चौमासिक शुरु भइसक्दा पनि मन्त्रालयका नियमित काममा किन ढिलाइ भएको भनेर बैठकका क्रममा सोधेको कुरालाई धम्की दिएको भनेर भन्नु अतिरञ्जित हो मन्त्री भट्टका स्वकिय सचिव शेरबहादुर चन्दद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सो बैठकमा फागुन १४ देखि चैत ५ गतेसम्म किन कार्यालयमा नआएको र वजेट कार्यान्वयनमा तिब्रता दिन पनि आग्रह गरिएको थियो चन्दले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
स्वकिय सचिव चन्दले भनेका छन् मन्त्रालयका काम बारे समिक्षा हुनु स्वभाविक हो । सो बैठकमा मन्त्री, सचिव खराल र उपसचिव जनकराज पाध्याको मात्रै उपस्थिति रहेको थियो, दुई पुरुषको उपस्थिति भएको बैठकमा धम्की दिने कुरा कल्पना बाहिरको कुरा हो विज्ञप्तीमा उल्लेख छ, कर्मचारी संयन्त्र राज्यको स्थायी सरकार हो कर्मचारी संयन्त्रसंग समन्वय नगरेर राजनीतिक नेतृत्वले सफलता पाउन सक्दैन भन्नेमा हामी स्पष्ट छौ ।
देश संघीय संरचनामा गएर नयाँ प्रशासनिक अभ्यास आरम्भ भएको यस समयमा कर्मचारी वर्गलाई हतोत्साहन गरेर अगाडि बढ्ने कुरा हुनै सक्दैन विज्ञप्तीमा भनिएको छ नयाँ संरचना भएकाले प्रदेश सरकारका अगाडि अनेक बाधा र अड्चन र अभावह विद्यमान छन् तथापी सुशासन विधेयक तथा प्रचलित ऐन कानुनको अधिनमा रहेर माननीय मन्त्रीज्यू जनअपेक्षा तथा विकास निमार्णका कार्यक्रमहरु अघि बढाउन दृढ संकल्पित हुनुहुन्छ ।
यस पृष्ठभूमिमा सचिव खरालबाट भ्रमपूर्ण अभिव्यक्ति आउनु आफैमा दुखद हो विज्ञप्तीमा भनिएको छ साथै समग्र संचार क्षेत्रलाई भ्रममा नपर्न र सत्यतथ्य समाचार सम्प्रेषणका लागि अनुरोध गर्दछौ ।
सचिव खरेलको फागुनको अन्तिमसाता सरुवा समेत भइसकेको बताइएको छ । यसअघि शनिबार साँझ सचिव खरालले मन्त्री भट्टले मन्त्रालय भन्दा बाहिरका मान्छेलाई समेत राखेर आफूलाई धम्की भन्दै सुरक्षाको माग गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र कैलाली जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार