१२ श्रावण २०८१, शनिबार

सुन्दर सुदूरपश्चिम यातायातद्वारा क्युफ्री घोषणा



फाइल तस्बिर

धनगढी । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीबाट पूर्वी नेपालका विभिन्न रुटमा आज (आईतबार) क्यू फ्रि गर्ने घोषणा गरेको छ ।
नेपाल सरकारको निर्णय अनुसार भोली (सोमबार) देखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाईने भएपछि क्यू फ्रिको घोषणा गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।
अध्यक्ष सापकोटाका अनुसार कोहलपुरदेखि पूर्व रुटमा क्यू फ्रि गरिने छ । त्यस्तै, पूर्वी रुटमा सोमबारदेखि सवारी सञ्चालन बन्द गरिने समेत अध्यक्ष सापकोटाले बताए । सुन्दर सुदूरपश्चिम यातायातले सुदूरपश्चिम प्रदेशका सबै रुटमा भने सवारी सञ्चालन नै रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार