२८ पुष २०८१, आईतवार

सीप अनुसार काम गरौ नगरप्रमुख वड



धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले तालिम लिएपछि सीपमुलक काम गर्नुपर्ने बताएका छन् ।
धनगढी उपमहानगरको वडा नम्बर १२ मा सञ्चालित एकल महिलाका लागि सञ्चालित दुई महिने होजियारी तालिमका सहभागीलाई शुक्रबार सहभागिताको प्रमाण पत्र वितरण गर्दे उनले सिकेको सीप अनुसार सहकारी बनाएर काम गरे उपमहानगरले पनि थप सहयोग गर्न सक्ने बताउनुभयो ।
उनले नेपालमा हरेक वस्तु अन्य मुलुकबाट आउने भएकोले होजियारीबाट मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न पनि एकल महिलाहरुलाई आग्रह गरे । एकतिर आत्मनिर्भर हुने अर्कोतिर राम्रो आम्दानी गर्न सकिने भएकोले पनि होजियारीलाई सामूहिक पेशा बनाउनुपर्छ नगरप्रमुख वडको भनाइ थियो मिलेर काम गर्नुभयो भने हामीले भवन निर्माण जस्ता काममा सहयोग गर्न सक्छौ ।
सो अवसरमा उपमहानगरका प्रमुख वड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) फिल्ड कार्यालय प्रमुख वैजन्ती गिरी सिंहले तालिमका सहभागीलाई दुईवटा होजियारी मेसिन, एक सिलाई मेसिन र एक इन्टरलक मेसिन पनि हस्तान्तरण गरेक थिए ।

सामाजिक तथा आर्थिक शसक्तिकरण कार्यक्रम अन्र्तगत उपमहानगरपालिका, यूएनडिपी र सेवक÷नेपालद्धारा सञ्चालित सो कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागी निटु सिंहले दुई महिनाको तालिम उपलव्धीपूर्ण भएको बताउदै यस्को दिगोपनका लागि थप सहयोग गरिरहनु पर्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार