१८ बैशाख २०८१, मंगलवार

कुपोषणको मार



बाजुरा ।बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३, का शमिता रोकायाका चार सन्तान छन् । सबै बच्चाको जीउ सुकेको छ । अनुहारमा कुनै चमक छैन । समिताले भनिन् “बिहान रातै देखि वेलुका अबेर सम्म खेतबारीमा काम गर्न जानु पर्छ । ्
बाजुरा, बझाङ्ग, हुम्ला, मुगु, कालिकोट, जुम्ला लगायतका जिल्लामा गरिवी नै वालावलिकामा कुपोषणले जरा गाडेको पाईएको छ । भौगोलिक रुपमा निकै विकटता सेति र कर्णालीमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म वालवालिमा लाग्ने कुपोषणले जरा गाडी रहने बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि देउमा धामि भन्छन् । गाउँको खाना पोषिलो भन्दा पनि छाक टार्नका लागि खाने गरेको नर्स खत्रि भन्छन् “सरकारले दिने अनुदानको चामल र सामान्य दाल मात्रै खान्छन् । त्यसमा तरकारी भन्ने कही खादैनन् । त्यही खाना समेत वालवालिकालाई खुवाउने गरेकाले पनि जिल्लामा कुपोषणको दर निकै डरलाग्दो देखिएको हो ।”
लगातारको खडेरीका कारण खाद्य संकट भएपछि बाजुराको हिमाली गाँउपालिका १ बिच्छँया की मैना रोकाया एक महिना देखि उनि एक छाक मात्र खाना खाएर जिवनब चाउने काम मात्र गरीरहेकी छन् । नजिकै रहेको स्वास्थ्य चौकीमा चेक गर्न जादाँ स्वास्थ्यकर्मीले उनलाई कुपोषण भएको बताइएको सकेको छ । तर उनलाई पोषिलो खानाको सट्टा पेटभरि खान पाँउदैन् । उनमा कुपोषण झन बढदै गएको स्वास्थ्यकर्मीले वताएका छन् ।
उनि जस्तै सोही गाँउकी मना रोकायाले बच्चा पाएको दुई हप्ता भएको छ । उनले पनि पेटभरी खान नपाएको महिना बित्न लागि सक्यो । बच्चा पाएको बेला पोषिलो खाने कुराको साटो उनि नुनको धुलो सँग कहिल्यै भात र कहिले सुख्खा रोटि खाने गरेको वताईन् । खडेरीले अन्नवाली, फलफुल र तरकारी केही उत्पादन नभए पछि एक हप्तालगाएर बाजुराको कोल्टि खाद्य संस्थान बाट ल्याएको चामल बाट दैनिक एक छाक मात्र खाने गरेको वताईन् ।
लगातार खडेरी कारण खाद्य संकटको मार खेप्दै जाँदा गाँउमा रहेका गर्भवति र सुत्केरी महिलाले पेटभरी खान नपाँउदा समस्यामा परेको हुम्लाको मैला स्वास्थ्य चौकीका अहेब देबिलाल सुनारले वताए । कमजोरीका कारण बच्चा समेत कुपोषित जन्मने र बच्चा पाँउने बेला समेत महिलालाई समस्या हुने गरेको उनले वताए । पेटभरी राम्रो सँगै खान पाईदैन्, पोषिलो खानेकुरा त धेरै टाढा भएको सुनारले वताए ।
गाँउमा गर्भवति र सुत्केरी आमा निकै मारमा परेका छन् । उनिहरु बाट जन्मने बच्चा समेत निकै कमजोर हुने गरेको छ । राम्रो सँग खान नपाएपछि दुध समेत नआउने भएपछि बच्चाले समेत दुध पेटभरी खान नपाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । खालि भातले जिवन काटन र बाच्नका लागि मात्र खाने गरेका छन् । त्यहि पनि प्रयाप्त खान पाँउदैनन निकै समस्यामा रहेको हुम्लाको राया स्वास्थ्य चौकीकी अनमी बेलसरी बुढाले वताईन् । खडेरीको मारको सबै भन्दा असर कुपोषण रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार