१५ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशभरी स्वास्थ्य बीमा कार्यक्रम लागू



धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।
सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा यसअघि नै सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार गर्न बा“की रहेको थियो ।

स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा कार्यक्रम लागू गरेको छ । यससंगै सुदूरपश्चिम प्रदेशभरी बीमा कार्यक्रम लागू भएको बीमा बोर्डले जानकारी दिएको छ ।
डडेल्धुरामा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझालाई स्वास्थ्य बीमा सदस्यता दिएर स्वास्थ्य बीमाको आरम्भ गरे ।
सो अवसरमा संघीय स्वास्थ्य राज्यमन्त्री रावतले सम्पुर्ण नेपालीहरूले आधारभूत स्वास्थ्यबाट बञ्चित हुननपरोस् भन्ने उद्देश्यले बीमा कार्यक्रम लागू गरेको बताए ।
स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउ“दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहु“चमा पुर्याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।
दुई नगरपालिका र पा“च गाउ“पालिका सहित सात वटा स्थानीय तह रहेको डडेल्धुरामा स्वास्थ्य बीमा कार्यक्रमका लागि ५२ वडामा बीमा अभिकर्ता खटाइएको छ ।
एक परिवारले अधिकतम एक लाख रुपैया“सम्मको स्वास्थ्य उपचार सुविधा लिनसक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउ“दले जानकारी दिए । बीमित परिवारका सदस्यले सदस्यता क्रियाशील भएपछि हु“दा उपचारको लागि आफनो परिचयपत्र लिएर आकस्मिक उपचारको लागि बाहेक सधैं तोकिएको प्रथम सेवाविन्दू स्वास्थ्य संस्थामा नै जानु पर्ने प्राबधान पनि बीमा कार्यक्रमले अनिवार्य गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको संख्या हालसम्म दुई लाख ६० हजारभन्दा बढी पुगेको उनको भनाइ छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुवात भएको थियो ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि डडेल्धुरा जिल्लामा रहेका ५२ वडाबाट एक दर्ता सहयोगी छनोट गरी उनीहरू तालिएको संयोजक साउदले बताए ।
प्रदेश संयोजक साउ“दकाअनुसार डडेल्धुरा र डोटीमा उक्त कार्यक्रम लागू भएपछि सुदूरपश्चिम प्रदेश सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने देशकै पहिलो प्रदेश भएको छ ।
देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६÷७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । त्यसैगरी सन् २०२० सम्ममा बीमितको संख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पुर्याउने लक्ष्य छ ।
स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपांगता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।
त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार