१० श्रावण २०८१, बिहीबार

लेखा समितिले आर्थिक अनियमिताका छानबिन गर्दै



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताको घटनाबारे छानविन गरि प्रतिवेदन तयार गर्ने भएको छ । प्रदेश सरकारले खरिद तथा वितरण गरेकोे सुविधा सम्पन्न एम्बुलेन्स, कैलालीस्थित बाह्रवन साझेदारी वन व्यवस्थापन र प्रदेशभित्र सामुदायिक सि“चाई परियोजनाअन्र्तगत सञ्चालन भएका कार्यक्रमको आर्थिक अनियमितताबारे प्रतिवेदन तयार गर्ने जनाइएको छ ।
प्रतिवेदन तयार पार्न समितिले समयावधि तोकेको छ । लेखा समितिको बैठकले फागुन ८ गते एम्बुलेन्स खरिद तथा वितरणको छानविन गर्न सभापति नन्दाकुमारी बमको संयोजकत्वमा तीन सदस्यीय समिति, बाह्रवन साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक सि“चाई आयोजना (सिआईपी) अन्र्तगत सञ्चालन भएको कार्यक्रमको छानविन गर्न समिति सदस्य अम्मरबहादुर साउ“दको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
लेखा समितिको आइतबार बसेको बैठकले दुवै समितिको समयावधि तोकेको हो । समितिका सभापति नन्दाकुमारी बमले एम्बुलेन्सबारे ३० दिनभित्र तथा बाह्रवन र सिआईपीको ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको बताइन् ।
सभापति नन्दाले भनिन्– ‘यदि तोकिएको समयभित्र कुनै कारणबस प्रतिवेदन पेश गर्न सकिएन भने माग अनुसार समय थप गर्न सकिनेछ ।’ उनले तीन वटै आर्थिक अनियमितताको घटनाको छानविन शुरु भएको बताइन् । उनले समयावधि तोकेर काम गर्दा छिटो परिणाम आउने बताइन् ।
यस्तै, समितिको बैठकले स्थलगत छानविनका लागि आवश्यक स्रोत, प्राविधिक लगायत विभिन्न खर्चका लागि प्रदेश सभा सचिवालयसंग रकम माग गर्ने निर्णय गरेको छ ।
सामाजिक विकासका मन्त्रालयले १६ वटा निर्वाचन क्षेत्रका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एम्बुलेन्स वितरण गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिक २० गते एक कार्यक्रमबीच सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको थियो ।

‘कोरम’ नपुगेपछि बैठक स्थगित

सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको आईतबारको बैठक स्थगित भएको छ ।
आईतबार तोकिएको समितिको बैठकमा चार जनामात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो । बैठकमा सभापति हर्कबहादुर कु“वर, समितिका सदस्य पूर्णा जोशी, अक्कलबहादुर रावल र प्रेमप्रकाश भट्टको मात्र उपस्थिति रहेको थियो ।
समितिका सभापति कु“वरका अनुसार बैठकमा प्राकृतिक स्रोत अन्र्तगत वन पैदावरको लघु उद्यमसम्बन्धी ‘फिल्ड भिजिट’ जानेबारे छलफलको कार्यसूसचि रहेको थियो । समितिका सदस्यहरुले फागुन २० गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी गाउँमा स्थापना भएको लघु उद्यमको अवलोकन गर्ने जनाइएको छ ।
समितिका सदस्य पूर्णा जोशीले लघु उद्यमले जिविकोपार्जनमा गरेको सहयोगबारे अध्ययन गरि प्रतिवेदन तयारी पारी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार