१२ श्रावण २०८१, शनिबार

विकास सम्मेलन शुरू



धनगढी । धनगढी उप–महानगरपालिकाको समग्र विकासका लागि उपमहानगरपालिकाले धनगढीमा आइतबार विकास सम्मेलन सुरु गरेको छ ।
सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य शुशिल भट्टले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले राष्ट्रको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामी अहिले स्रोतको पहिचान बिनै विकासको योजनाहरु कार्यान्वयन गरिरहेका छौं । यसले राम्रो परिणाम दिएको छैन् ।’ उनले कार्यान्वयन योग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने बताए ।
सदस्य शुशिलले राष्ट्र विकासका लागि सबैमा छटपटी र हुटहुटी हुन आवश्यक रहेको बताए । उनले आयोजना चक्र व्यवस्थापनको शिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जनाए ।
सम्मेलनको उद्देश्यबारे जानकारी दि“दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताइन् । उनले सम्मेलनले योजनाबद्ध विकासको लागि सहयोग पु¥याउने बताउँदै नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगायतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताए ।
सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थीक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत गरिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार