१० श्रावण २०८१, बिहीबार

महोत्सवको आयव्यय सार्वजनिक



धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरेको छ ।
कैलाली उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम महोत्सवको एक करोड ९८ लाख सात हजार रुपैया“को आयव्यय सावर्जनिक गरेको हो ।
महोत्सवमा आयतर्फ एक करोड ९८ लाख सात हजार तथा खर्चतर्फ एक करोड २६ लाख ६१ हजार रुपैया“ रुपैया रहेको संघले जनाएको छ ।
संघका कोषाध्यक्ष भीष्मराज ओझाले महोत्सवमा टिकट विक्रीमार्फत ८५ लाख ८५ हजार रुपैया“ र सिजनल टिकटबाट ९९ हजार आठ सय रुपैया“ आम्दानी भएको जानकारी दिए । त्यस्तै, रमाईलो मेलाबाट २५ लाख आम्दानी भएको जानकारी दिए ।
उनले ३१ लाख २५ हजार रकम प्रायोजक, प्रवद्र्धकबाट आउन बा“की रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार