११ श्रावण २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा



????????????????????????????????????

धनगढी । राष्ट्रिपति विद्यादेवी भण्डारीको बुधबारदेखि सुदूरपश्चिम भ्रमण शुरु भएको छ । बुधबार राष्ट्रपति भण्डारीले कैलालीको धनगढीमा आयोजना भएको विश्व नेपाली साहित्य महोत्सव उद्घाटन र शिवनगर खानेपानी आयोजनाको निरिक्षण गरेकी थिइन् ।
उनले फागुन १५ गते विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यस्तै १६ गते विहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफा“टा महोत्सवमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति १७ गते फर्किने कार्यक्रम रहेको छ ।
उता, राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बैतडी र दार्चुलाका केही स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ । बैतडीको पाटन नगरपालिका र दार्चुलाको मालिकार्जुन नगरपालिकाले बीहिबार सार्वजनिक विदा दिएको हो ।
पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगर कार्यपालिकाको बैठकबाट राष्ट्रपति भण्डारीको भ्रमणमा बीहिबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
मालीकार्जुन गाउ“पालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले पनि राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार