१२ श्रावण २०८१, शनिबार

चुरेका सबै वडामा सडक विस्तार



चुरे । कैलालीको चुरे गाउपालिकाका सबै छ वडामा सडक सञ्जाल विस्तार भएको छ । जिल्लाको पहाडी गाउ“पालिकाका रुपमा रहेको चुरे गाउपालिकाका सबैभन्दा दुर्गम मानिएका वडा नम्बर २ र ४ मा पनि सडक विस्तार भएको छ ।
गाउपालिकाले एक करोड रुपैयाको लागतमा वडा नम्बर २ को वडा कार्यालयसम्म गत पुसमा सडकको ट्रयाक खोलेपछि सबै वडा सडक सञ्जालमा जोडिएको अध्यक्ष धनबहादुर रोकामगरले बताए । उनका अनुसार वडा नम्बर ४ मा गत मंसिर मै ५० लाख रुपैया लागतमा गर्भा दरबारसम्म ट्रयाक खोलेर मोटरबाटो पु¥याइएको थियो ।
उनले सबै वडालाई सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ आवश्यक बजेट विनियोजन गरी काम अघि बढाइएको बताए । उनले भने– सडक कच्ची अवस्थामा भए पनि सबै वडामा विस्तार गरी सडक यातायात सञ्चालनमा ल्याएका छौं । अब टोलवस्तीमा सडक पु¥याउने र वडासम्म पुग्ने सडक स्तरोन्नती गर्ने लक्ष्य लिएका छौं ।
उनले छ वटै वडाका सडकलाई बाह्रै महिना सञ्चालनका लागि सडकको स्तरोन्नती गर्ने कामलाई प्राथमिकतामा राखेको बताए । चुरेको वडा नम्बर १ वटा वडा यसअघि नै सडक सञ्जालसंग जोडिएको थियो भने वडा नम्बर ३, ५ र ६ मा भीमदत्त मार्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार