४ असार २०७८, शुक्रबार

एमसीसी बारे प्रतिवेदन वुझाइयो



काठमाडौ । वहुचर्चित एससीसी वारे वुझ्न गठित नेकपाको कार्यदलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकुमार दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलले प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो । एमसीसी वारे हालै भएको सो पार्टीको केन्द्रीय समितिको बैठकमा विवाद भएपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा स्थायी समिति सदस्यद्धय भीमबहादुर रावल र प्रदीप ज्ञवाली सदस्य थिए । अमेरिकी सरकारको ठूलो सहयोग रासीमा नेपालमा एमसीसी परियोजनाले विद्युत विस्तार लगायतको काम गर्ने योजना बनाएको छ । कार्यदलले यथास्थितिमा एमसीसी लागू गर्न नहुने सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्