११ श्रावण २०८१, शुक्रबार

सञ्‍चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा



काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।

बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले बताएको ईकान्तिपुरले लेखेको छ ।

यसैगरी, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् । बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्री कार्यालयबाट आफूलाई जानकारी आएको सभामुखले बिहीबारको संसद्‍मा जानकारी गराएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्‍चारमन्‍त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बर्खास्त गर्न माग गर्दै सदनमा अवरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार