२० बैशाख २०८१, बिहीबार

कोरोना भाइरस संक्रमित उपचारका लागि कक्ष स्थापना



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नोबेल कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारका लागि छुट्टै कक्ष स्थापना गरिएको छ ।
कडाखालको रुघाखोकी, ज्वरोको बिरामीलाई चेकजा“जका लागि छुट्टै क्लिनिक र भाइरसको संक्रमण देखिए स्क्रिनिङ कक्षमा भर्ना गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेयले बताए ।
मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेयका अनुसार स्क्रिनिङ कक्षको सोमबार स्थापना भएको छ भने सो कक्षमा चारदेखि पा“च बेड राख्ने तयारी भइरहेको छ । अहिलेसम्म धनगढीमा नोबेल कोरोना भाइरसका संक्रमित फेला नपरे पनि पूर्व तयारीका लागि अस्पतालभित्र छुट्टै कक्ष स्थापना गरिएको उनले बताए ।
उनले अहिले चिसोको मौसम भएकोले सामान्य रुघाखोकीका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेकोे बताए । डाकटर पाण्डेयले भने– हरेक रुघाखोकी तथा ज्वरोका बिरामीलाई त्यो (नोवेल कोरोना भइरस) बाट संक्रमित भयो भन्न मिल्दैन । हामीले कडा खालको रुघा, खोकी तथा ज्वरोका विरामीलाई अलग्गै क्लिनिकमा उपचार गर्ने व्यवस्था गरेका छौं ।
अस्पताल प्रशासनले खुल्ला सिमा नाकाका कारण कोरोना भाईरसले सुदूरपश्चिम प्रदेशमा जोखिम बढाउन सक्ने भएकाले उच्च सतर्कताका लागि उपचार कक्ष स्थापना गरिएको जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य कार्यालयहरूले स्थानीय तहहरूसंग समन्वय गरी सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्ने पनि तयारी भइरहेको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रमबारे मन्त्रीस्तरीय नीतिगत निर्णयका वारेमा पनि जानकारी गराएको बताए ।
मुख्यमन्त्रीलाई नीतिगत निणर््ँयबारे अवगत गराउ“दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाउन लागिएको जानकारी गराएका थिए ।
स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सर्तकर्ता अपनाउन भनिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार