२० बैशाख २०८१, बिहीबार

पश्चिम सेती आयोजना निर्माणका लागि संगीत संघर्ष



काठमाडौं । सुदूरपश्चिमको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा दबाव दिने उद्देश्यले काठमाडौंमा संगीत संघर्ष कार्यक्रम गरिदैछ ।
बोलन्या थली धनगढी नामक संस्थाको पहलमा अाज (बुधबार) काठमाडौंको कीर्तिपुरमा दबाबमूलक संगीत संघर्ष नामक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा हुड्केली समेत प्रस्तुत गरिने जनाइएको छ । समुहका संयोजक यादव जोशीले पश्चिम सेती जलविद्युत आयोजनाबारे रचनात्मक विरोध स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताए । सो समुहले केही दिनदेखि काठमाडौंमा पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार