१० श्रावण २०८१, बिहीबार

पश्चिम सेतीबारे संवाद हुदै



धनगढी । वर्षाैदेखि चर्चामा रहेर अलपत्र परेको पश्चिम सेती जलविद्युत् आयोजनाबारे सुदूरपश्चिमका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थितिमा काठमाडौंमा संवाद कार्यक्रम हुने भएको छ ।
कार्यक्रम आयोजक बोलन्या थलीका संयोजक यादव जोशीका अनुसार संवाद कार्यक्रममा संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सांसदहरू भीम रावल, दिलेन्द्रप्रसाद वडु, डाक्टर दीपकप्रकाश भट्ट, दामोदरप्रसाद भण्डारी, गणेशसिंह ठगुन्ना, भैरबबहादुर सिंह, लालबहादुर थापा, लक्ष्मी चौधरी, प्रकाश स्नेही, आशा विक, प्रेम आले, रामबहादुर बिष्ट, यज्ञ बोगटीलगायतको सहभागिता रहने छ ।
‘सडक आन्दोलन जति नै भए पनि संसदमा कुरा उठाएर दवाव सिर्जना गरेमात्रै सजिलो हुन्छ’ संयोजक जोशीले भने– सबै सांसदहरूले एकमत भएर पश्चिम सेतीबारे बोलुन भन्ने हाम्रो चाहना हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार