१२ श्रावण २०८१, शनिबार

नदीजन्य पदार्थ उत्खनन् रोक्न स्थानीय अग्रसर



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न नदीखोलामा नदीजन्य सामग्री (ढुङ्गा, बालुवा, गिट्टी) उत्खनन् तथा निकासीमा स्थानीयले अवरोध गरेका छन् । बर्दगोरिया भएर बग्ने काडा र कुइरा नदिमा भइरहेको ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन् तथा निकासीमा स्थानीयले अवरोध गरिरहेका छन् ।
बर्दगोरिया गाउपालिकाले वातावरणीय प्रभाव मुल्यांकन गरिएका नदी खोला तथा स्थानमा नदीजन्य सामग्री उत्खनन् तथा निकासी गर्न ठेक्कापट्टा लगाएको छ ।
गाउपालिकाले बी एण्ड बी बिल्डर्सलाई नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि ठेक्का दिएको छ । बी एण्ड बी बिल्डर्सका सञ्चालक जनक कु“वरले आफूहरुले वातावरणीय प्रभाव मूल्यांकन गरिएको स्थानबाट मात्रै ढुंगा, बालुवा तथा गिट्टी संकलन तथा निकासी गरिरहेको दाबी गर्दै आएका छन् ।
तर, स्थानीयले भने सो क्षेत्रमा नदीजन्य सामग्री उत्खनन गर्न उपयुक्त नभएकाले अवरोध गरिरहेका छन् । स्थानीयले ती नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्दा वरपरका खेतीयोग्य जग्गा बगरमा परिणत हुन थालेको गुनासो गरेका छन् ।
मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतमले मुडा पुलको करिब पा“च सय मिटर टाढाबाट मात्र नदीजन्य सामग्री उत्खनन गर्न आग्रह गर्दा पनि अटेर गरिएकोले अवरोध गर्नु परेको दाबी गरे ।
अध्यक्ष गौतमले भने– पुल नजिक मानव वस्ती छ । सो स्थानमा नदीजन्य सामग्री उत्खनन गर्दा वस्तीमा बाढीको जोखिम बढेकोले अवरोध गर्नुपरेको छ ।
उनले नदी नजिकै रंगशाला निर्माणाधीन अवस्थामा रहेकोले पनि सो नजिकबाट नदीजन्य सामग्री उत्खनन्ले समस्या बढाउने बताए ।
अध्यक्ष गौतमले आफूहरुले पटकपटक गाउपालिका, वडा कार्यालय र प्रहरी प्रशासनमा निबेदन गर्दा पनि कुनै सुनुवाई भएकाले अवरोध गर्न बाध्य भएको बताए ।
पटक पटक आग्रह गर्दा पनि ढुङ्गा ,बालुवा निकासिमा रोक नलगाउदा समस्या उत्पन्न भएको स्थानियले बताएका छन । यसरी नदि बाट बालुवा ,ढुङ्गा उत्खनन गर्दा पहिरो को उच्च जोखिम बढ्ने स्थानियहरूको गुनासो रहेको छ । स्थानियका अनुसार नदि बाट बालुवा उत्खनन गर्दा हाम्रो जग्गा र घर बगाउने डर छ ,त्यसैले यस कार्यलाई रोक्न अवरोध गरेको बताए ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुनसिंह कार्कीले वातावरणीय प्रभाव मुल्यांकन गरेको स्थानबाट मात्रै नदीजन्य सामग्री उत्खनन्, संकलन तथा निकासी गर्न निर्देशन दिइएको बताए । उनले स्थानीयबाट अहिलेसम्म गाउपालिकामा नदीजन्य सामग्री उत्खनन्बारे कुनै किसिमको उजुरी वा निवेदन नआएको बताए । उनले भने– स्थानीयबाट कुनै किसिमको निवेदन आएको छैन । गाउपालिका अध्यक्षको नेतृत्वमा नदीखोलाको अनुगमन गरेर पेस गरेको प्रतिवेदनका आधारमा मिलाउन सकिने भन्ने एक महिना अगाडी नै कार्यपालिकाले निर्णय गरिसकेको छ ।
यसबारे बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का अध्यक्ष पुरनसिंह बिसीले जनताको घरबास उठिबास हुने गरी नदीजन्य सामग्री उत्खनन् गर्न नदिइएने बताए । उनले पनि निर्माणाधीन रंगशाला नजिक नदीबाट बालुवा, ग्राभेल, ढुंगा, गिट्टी उत्खनन् तथा निकासी गर्दा समस्या हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार