११ पुष २०८१, बिहीबार

सिकाइ र उपलव्धीबारे समिक्षा



धनगढी । धनगढीमा सुन्दर शान्त परियोजनाको उपलब्धि र सिकाईबारे समिक्षा तथा अन्तरकृया गरिएको छ ।
सोमबार युनिक नेपालको आयोजना छलफल तथा समिक्षा भएको हो । प्रदेश सभा सदस्य, नागरिक समाजका प्रतिनिधिको सहभागितामा भएको छलफलमा परियोजना अधिकृत शोभा चौधरीले परियोजनाले पहिलो चरणमा गरेका क्रियाकलाप र त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए ।
पहिलो चरणको अवधीमा ११ वटा क्रियाकलाप गरिएको उनले जानकारी दिए । संघियताका बारेमा सिमान्तकृत समुदायलाई जानकारी दिइएको, हक अधिकारका बारेमा जानकारी भएको साथै उनका समस्याका बारेमा स्थानीय तह र प्रदेश सभा सदस्यकावीचमा छलफल गराएर केही समाधान समेत भएको उनले वताए ।
सो छलफलमा प्रदेश सभा सदस्य नेपालु चौधरी, कुलबिर चौधरी, मालमती राना र दुर्गा विकले सुझाव पछाडि परेका वर्ग समुदायलाई अझै अधिकार वारे सुसूचित गराउन जरुरी भएको वताएका थिए । प्रदेश सभा सदस्यहरुले कार्यक्रमलाई थप विस्तार गरेर अझ विस्तृत वनाउनु पर्ने सुझाव दिएका थिए ।
अधिवक्ता जुहारीलाल चौधरी र धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विकले परियोजनाले राम्रो काम गरेको र अझै थप्न आवश्यक भएको बताए । कार्यक्रमको परियोजनाका कैलालीका संयोजक हेमकर्ण विकले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार