१० श्रावण २०८१, बिहीबार

धनगढीमा क्यान ईन्फोटेक आयोजना हुदै



धनगढी ।आउदो फागुन २८ देखि चैत्र १ सम्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रादेशिक क्यान ईन्फोटेक २०२० को आयोजना हुने भएको छ ।
क्यान केन्द्रको निर्णय अनुसार देशका सबै प्रदेशमा हुने क्यान ईन्फोटेक २०२० अनुसार यस प्रदेशमा पनि आयोजना हुन लागेको क्यानका केन्द्रय सदस्य खेमराज ढुंगानाले बताए ।
सो प्रादेशिक क्यान ईन्फोटेक २०२० लाई सफलतापूर्वक आयोजना गर्नका लागि संयोजकको जिम्मेवारी पनि केन्द्रिय सदस्य खेमराज ढुंगानालाई दिइएको छ ।
क्यान महासंघ जिल्ला शाखा कैलालीको निर्णय अनुसार धनगढीमा हुने क्यान इन्फोटेक २०२० को व्यवस्थापनका लागि ढुंगानालाई संयोजकको जिम्मेवारी दिइएको हो ।
क्यान महासंघ केन्द्रिय समिती काठमाण्डौको संरक्षकत्व तथा प्रदेशको समन्वयमा क्यान ईफोटेकको आयोजना भने कैलाली जिल्लाले गर्ने जिल्ला अध्यक्ष नरेश धामीले बताए ।
सूचना प्रविधिको जानकारी सर्वसाधारसम्म सहजै पुगोस भन्ने मुख्य उदेश्यका साथ क्यान ईन्फोटेक २०२० को आयोजना गर्न लागिएको क्यान कैलालीका अध्यक्ष धामीले बताए ।
फागुन २८ देखी चैत्र १ गतेसम्म धनगढीमा संचालन हुने क्यान ईन्फोटेकमा आईटी सेमिनारमा, सूचना प्रविधीका स्टल, सूचना प्रविधीका सामाग्रीवीच प्रतिष्पर्धा, बिजनेश प्रमोसन, सूचना प्रविधी सुरक्षा लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
प्रभु पे क्यान ईन्फोटेक २०२० एसोसिएट विथ वर्ड्लिंकको मुख्य व्यानरमा केन्द्रदेखि सबै प्रदेशहरुमा क्यान ईन्फोटेक २०२० संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार