१० श्रावण २०८१, बिहीबार

रिभोलुसन एजुकेशनकाे सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार



धनगढी । रिभोलुसन एजुकेशनले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ। काठमाडौँको महाराजगन्जमा केन्द्रीय कार्यालय रहेको रिभोलुसनले बिहीबारदेखि धनगढीको मुख्य बजारमा शाखा कार्यालय खोलेको हो।

रिभोलुसनको शाखाको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन एवं शिक्षाविद् प्राडा हेमराज पन्तले उद्घाटन गरे। प्राडा पन्तले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीले अब सुदूरपश्चिमबाटै परामर्शको लाभ लिन सक्ने र यहाँका विद्यार्थीका लागि अवसर रहेको बताए।

रिभोलुसनका संस्थापक भरत केसी मुलुक संघीयतामा गएसँगै शिक्षा, स्वास्थ्यका संरचना विकेन्द्रिकृत भएकाले आफूहरुले पनि शाखा विस्तारलाई जोड दिइएको बताउँछन्।

विदेशमा उच्च शिक्षा पढ्न चाहाने विद्यार्थीलाई पूर्वतयारी तथा सहजीकरण गराइँदै आएकोमा अब सुदूरपश्चिमका विद्यार्थी पनि लाभान्वित हुने उनको भनाइ छ। अर्का संस्थापक आशिष रायमाझीका अनुसार अस्ट्रेलिया, जापान, न्युजील्यान्ड, क्यानडा, युके लगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई प्रशिक्षण तथा परामर्श दिइँदै आएको छ।

अब धनगढीमै ४५ दिने आईईएलटीएस र जापानी भाषा प्रशिक्षण गराइने धनगढी शाखाका प्रमुख कृष्ण रावलले बताए। अनुसार उद्घाटनकै दिनबाट विद्यार्थीलाई प्रशिक्षण दिन थालिएको छ। यसअघि बुटवलमा शाखा विस्तार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार