१० श्रावण २०८१, बिहीबार

शहिद दिवस मनाइयो



धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शहिद दिवस मनाएको छ । प्रदेश सभा परिसरमा चार शहिदको तस्बिरमा माल्यार्णपण गरेर शहिद दिवस मनाइएको हो ।
सो अवसरमा सभामुख अर्जुनबहादुर थापाले शहिद दिवसको महत्व वारे प्रकाश पारेका थिए । उनले शहिदहरुको योगदानको चर्चा गर्दै उनीहरुले देखेका सपना हामीले पुरा गर्नुपर्ने वताए ।
सो अवसरमा प्रदेश सभा सदस्य कुमारी नन्दा वम, प्रदेश सभा सचिव रामसिंह धामी लगायतको उपस्थिति थियो । यसपटक सुदूरपश्चिम क्षेत्रमा सरकारी क्षेत्रबाट शहिद दिवस मनाउने प्रदेश सभा मात्रै रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार