१० श्रावण २०८१, बिहीबार

विधार्थीको अभिभावकले ख्याल नगर्दा गुणस्तरीय शिक्षामा कमिः जोशी



धनगढी । धनगढी उप महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशीले सरकारी स्कुलमा अध्यनरत विधार्थिको अभिभावकले ख्याल नगर्दा गुणस्तरीय शिक्षामा कमि आएको वताएका छन ।
आज सरस्वती पुजाको अवसरमा जनता रष्ट्यि माध्यामिक विधालय राजपुरले आयोजित सास्कृतिक कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा वताएका हुन ।
शिक्षक भन्दा पनि अभिभावकले अप्ना नाना नानीहरुको ख्याल गरे सरकारी स्कुलको गुणस्तरीयता खस्कन नसक्ने उनले वताए ।
सरकारी विधालय र विधार्थी माथी खेलवाड भइरहेको वताउदै अध्यक्ष जोशीले भने वेलैमा अभिभावक चनाखो भएर लाग्नुपर्ने वताए ।
गुणस्तरीय शिक्षाका लागी शिक्षक मात्रैले हुन्न उनले भने यस्का लागी सवै अभिवावकको पनि उत्तीकै आवस्यक्ता छ ।
त्यसैगरी समाजसेवी हरिश खडकाले दक्ष जनशतिm उत्पादन भए मात्र देश समाजको विकास हुने वताए ।

दक्ष जनशक्ति उतपादन गर्ने थलो नै पाठशाला हो यसको रेखदेख र गुणस्तरीयताको निम्ती सवैको चासो उत्तीकै आवस्यक्ता भएको उनको भनाई छ ।
समाजसेवी मदनराज रेग्मीले शिक्षाले विधार्थी को भविस्य निर्धारण गर्ने भएकोले शिक्षको गुणस्तरीयता अव्वल वनाएर अघि वढनु पर्ने वताए ।
जनता रास्ट्यि माध्यामिक विधालयका व्यवस्थापन समिती राजपुरका अध्यक्षय केन्द्र राज जोशीको सभापत्विमा शुरु भएको सो कार्यक्रममा पुर्व विधार्थी तिर्था जोशी वडा सदस्य हिरा लाल राना जनतारास्ट्यि माधयामिक विधालय व्यवस्थापन समिती कैलाली गाउ १३ का अध्यक्षय विनोद पन्त समाज सेवी छत्र राज जाशी खडक राज ओझा महादेव भटट राम प्रशाद फुलारा क्रण्णा नन्द गिरी वनउपभोक्ता महासंघ का प्रदेश सचिव भुवन शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा एसिक नेपाल कैलालीले अनाथ वालवालिकालाइ कलमकापी लेजर वितरण गर्न विधालय व्यवस्थापन समितीका अध्यक्ष केन्द्र राज जोशी लाई हस्तान्तरण गरेको थियो । स्थापना काल देखी विधालयको व्यवस्थापन समितीको अध्यक्षको भुमिका निर्वाह गरी विधालयलाइ यहा सम्म ल्याइ पुरयाउने पुर्व अध्यक्ष हरुलाई समेत प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरेको अध्यक्ष जोशीले वताए । कार्यक्रम अवधिभर गायीका लक्ष्मी राना पार्वती वम र विधार्थीहरुले विभीन्न गीतमा नूत्य गीत गाएर मनोरन्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार