१० श्रावण २०८१, बिहीबार

पत्रकार चौधरी सहित सातजना सम्मानित



टीकापुर । टीकापुर महोत्सव २०७६ को उद्घाटन सत्रमा समाजका विभिन्न क्षेत्रका योगदान गरेका सात जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट सेवा निबृत शिक्षक भक्तीराम कोइराला, व्यापार क्षेत्रबाट एके ट्रेडर्सका सञ्चालक टीकाराम जैशी छन । यस्तै पत्रकारिता क्षेत्रबाट कान्तिपुर दैनिकका टीकापुर समाचारदाता गणेश चौधरी पनि सम्मानित भएका छन । त्यस्तै गरेर पर्यटन क्षेत्रबाट डल्फिन संक्षणकर्मी भोजराज ढुंगाना, कृषी क्षेत्रबाट केरा खेतीमा नवीन प्रयोगकर्ता केरा व्यवसायी टेकेन्द्र धामी, कला क्षेत्रबाट बाध्यवादन र गायन विधाका कलाकार शिशिर साधक र र खेलकुद क्षेत्रबाट फूटवल खेलाडी जनक केसीलाई मंगलबार महोत्सव उद्घाटनका अवसरमा सम्मानित गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार