१७ बैशाख २०८१, सोमबार

धनगढीमा पल्सर १२५



धनगढी/धनगढीमा पल्सर १२५ सीसी क्षमताको मोटरसाईकल २०२० मोडेल बजारमा ल्याइएकोे छ । बजाजको आधिकारिक बिक्रेता दिनेश अटोमोटिभ्सले पल्सर १२५ सीसी ईन्जिन क्षमताको मोटरसाईकल मंगलबार लञ्च गरियो ।
मंगलबार एक कार्यक्रमबीच दिनेश अटोमोटिभ्सका कार्यकारी अध्यक्ष श्याम हमालले मोटरसाईकल लञ्च गरे ।
पल्सर १५० सीसीको सफलतापछि ग्राहकको मागलाईलाई दृष्टिगत गरि पल्सर १२५ सीसी मोटरसाईकल बजारमा ल्याएको हो ।
उनले युवा पुस्तामा बजाज पल्सर लोकप्रिय रहेको बताए ।
बजाज पल्सर १२५ सीसीको बाईकको माईलेज प्रति लिटर ६० किलोमिटर हुने अटोमोटिभ्सका प्रबन्धक तेज बमले बताए । उनले पल्सर १२५ को मुल्य दुई लाख २४ हजार नौ सय रुपैया रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार