१७ बैशाख २०८१, सोमबार

सेती अस्पतालले सहमति अनुसारको डोनेशन नदिने कलेजको ओजेटी रोक्यो



कैलाली, १४ माघ/ सेती प्रादेशिक अस्पतालले सम्झौता अनुसारको डोनेशन कलेजहरुले नदिएपछि विद्यार्थीहरुको ओजेटी रोकेको छ ।
अस्पताल व्यवस्थापन समितिले २०७४ देखि लागु हुने गरी सम्झौता भएपनि कलेजहरुले डोनेशन नदिएपछि ओजेटी स्थगित गरेको जनाएको हो । समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले चार वटा कलेजसंग ओजेटी गर्नका लागि १० जना विद्यार्थीमा एक जनाको फि अस्पताललाई दिने सहमति भएपनि कजेलहरुले सो रकम अस्पतालको खातामा जम्मा नगरेको बताए । उनले सो डेनेशन वाफतको रकम अस्पतालले पाउन करिब तीन करोड रुपैयाँ रहेको बताए ।
समितिको बैठकले सो रकम डोनेशन अस्पताललाई नदिएको विषयमा छानविन गरी समितिका अध्यक्ष दुर्गाप्रसाद जोशी, तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष रिता बम र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदलले सो विषयमा छानविन गरिसकेपछि समितिले निर्णय गर्ने अध्यक्ष जोशीले बताए । उनले थप अध्ययनपछि मात्रै ओजेटी पुनः खुला गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार