१७ बैशाख २०८१, सोमबार

हात्तीपाइले रोग निवारण सम्बन्धी अन्तक्र्रिया



बौनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबार हात्तीपाईले रोग निवारण कार्यक्रम सम्बन्धी गाउपालिका स्तरीय अन्तरक्रिया तथा अभिमुखिकरण भएको छ ।
सरोकारवालाहरूसंगको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बलिराम डगौंराथारुले हात्तीपाईले रोग निवारणका लागि सबैले रोग विरुद्धको औषधी सेवन गर्न आह्वान गरे ।
अध्यक्ष डगौंराथारुले पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम कमजोर देखिनु दुभायपूर्ण रहेको बताए ।
उनले हात्तीपाइले रोग विरुद्धको औषधीबारे फैलाइएका भ्रम तथा गलत सोच हटाउन समेत सबैमा आग्रह गरे ।
कार्यक्रममा गाउ“पालिका उपाध्यक्ष भगवती डगौराथारुले हात्तीपाइले रोग विरुद्धको औषधीको सेवनबाट स्वास्थ्यमा समस्या हुने जस्ता भ्रमहरूको निवारण आवश्यक रहेको बताइन् ।
उनले प्रत्येक विद्यालयमा विद्यार्थीहरूलाई हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबारे जागरुक बनाउन् आवश्यक रहेको बताइन् ।
अन्तक्र्रिया कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानबारे जानकारी दिदै बर्दगोरिया गाउ“पालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले यस वर्ष विगतको तुलनामा बढि मानिसलाई औषधी खुवाउने लक्ष्य लिइएको बताए ।
उनले हात्तीपाइले रोग र यसको संक्रमण, रोकथामका उपाय बारे जानकारी दिए । उनले हात्तीपाइले रोगको निवारणका लागि प्रत्येक व्यक्तिले छ पटक औषधी सेवन गर्नुपर्नेमा कैलालीमा यो लक्ष्य पुरा नभएकाले यस वर्ष पुनः अभियान सञ्चालन हुने बताए ।
स्वास्थ्य शाखा प्रमुख जोशीले गत वर्ष कोटातुल्सीपुर र दोदोधरा स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानमा ७६ दशमलव तीन प्रतिशतमात्र प्रगती भएको बताउदै यस वर्ष प्रगति लक्ष्य बढाइएको जानकारी दिए ।
बर्दगोरिया गाउ“पालिकामा आगामी २५ गतेदेखि फागुन २ गतेसम्म हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार