१० श्रावण २०८१, बिहीबार

सुत्केरी घर बनाउँदै



बझाङ । बझाङको खप्तडछान्ना गाउ“पालिका वडा नम्बर ७ गडराय गोर्खालीगाउ“का बंस खड्का यति वेला सुत्केरी कोठा (गोठ) बनाउने तरखरमा छन् । स्वास्थ्यकर्मीले उनकी गर्भवति बुहारीको दुई सातापछि सुत्केरी हुने “डेट” दिएका छन् ।
गर्भवती बुहारी सुत्केरी हुने मिति नजिकिदै गएकोले बंसलाई सुत्केरीकोठा निर्माणको हतारो भएको छ । उनको घर नजिक बनाइएको सुत्केरी÷छाउगोठ भत्काइएकोले उनलाई अहिले चिन्ता छाएको छ । गाउ“मा रहेका छाउगोठ भत्काइएपछि बंसलाई सुत्केरी भएपछि घरभित्र राख्नु पर्ने बाध्यता भएको छ । तर, उनलाई घरभित्रै सुत्केरीलाई राख्दा “देवीदेउता रिसाउने भय” ले सताईरहेको छ ।
देवीदेउताको भयका कारण उनी अहिले आफ्नो घरको कौसीको भुईपट्टी काठको कोठा निर्माण गरिरहेका छन् ।
बंसले भने– बुहारी सुत्केरी हुने दिन नजिक आइसकेको छ । सुत्केरी बुहारीलाई घरभित्र राखौं भने देवीदेउता रिसाउने डर छ । त्यसैले नया“ बस्ने व्यवस्था गर्दै छु । गाउ“मा अहिले पनि सुत्केरीलाई १९ दिनसम्म सुत्केरीगोठमा राख्ने प्रचलन छ ।
गोर्खालीगाउ“का जेष्ठ नागरिक गोरखबहादुर सिंहले भने– हामीलाई देवीदेउताको आशभरोषा छ । सरकारले छाउगोठ भत्काउनु भनेको छ । प्रहरीले धमाधम छाउगोठहरू भत्काइरहेको छ । यो गाउ“मा अहिलेसम्म १५ वटा छाउगोठ भत्काइसकेको छ ।
खप्तडछान्ना गाउ“पालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर सिंहले प्रहरी प्रशासनको सहयोगमा जनप्रतिनिधि, स्थानीय सबै मिलेर छाउगोठ भत्काएको बताए । गृह मन्त्रालयको परिपत्रपछि एक महिनाअघि बझाङमा छाउगोठ भत्काउने अभियान सञ्चालन भएको थियो । बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्लाभरी हालसम्म एक सय बढि छाउगोठ भत्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार