१७ बैशाख २०८१, सोमबार

दृष्टि फाउण्डेशनलाई सहयोग प्रदान



धनगढी । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले धनगढीस्थित दृष्टि फाउण्डेशनलाई सहयोग गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको ५५ औं स्थापना दिवशको अवसरमा शुक्रबार बैंकको प्रदेश कार्यालयले फाउण्डेशनलाई ३० हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेको जनाएको छ ।
बैंकले फाउण्डेशनको आश्रयमा रहेका असहायहरूको लागि एक थान टिभी, बच्चाहरूको लागि ल्याक्टोजिन, फलफूल, चामल लगायतका सामग्री उपलब्ध गराइएको बैंकका सुदूरप्रदेश प्रदेश प्रमुख रणबहादुर चन्दले बताए ।
सो अवसरमा फाउण्डेशनकी व्यवस्थापक चन्द्रा तिरुवाले सहयोगका लागि बैंकप्रति कृतज्ञता व्यक्त गरिन् ।
सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंक सूदूरपश्चिम प्रदेश कार्यालयका उपप्रमुख भोजराज भट्टले पनि फाण्डेशनलाई चामल र फलफूल सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा फाण्डेशनलाई सहयोग गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका धनगढी शाखा प्रमुख हरिश भट्ट, अत्तरिया शाखा प्रमुख जितजङ्गबहादुर सिंह, क्याम्पसरोड शाखा प्रमुख प्रभुराज जोशी, रवि कानु, बरुण महरा, दिपेन्द्र भण्डारी, चित्रदेव भट्टलगायतको उपस्थिति रहेको थियो ।
दृष्टि फाउण्डेशनमा हाल ३० जना फरक क्षमता भएका असहाय र तीन जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार