१० श्रावण २०८१, बिहीबार

मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाही गर्न माग



महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको घरमा गर्न खोजिएको आक्रमणको विभिन्न पक्षबाट विरोध भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बिहीबार नगर प्रमुख विष्ट डोटी भएको बेलामा बिहीबार दिउँसोमा चमनचोकमा टिपरको ठक्करले जनज्योति क्याम्पसकी रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो ।
सो आक्रमण प्रयासको नेकपा कञ्चनपुरले कडा शव्दमा विरोध गरेको छ । अध्यक्ष वीरबहादुर थापा र सचिव तारा लामातामाङद्धारा शुक्रबार जारी विज्ञप्तीमा सडक दुर्घटना जस्तो नितान्त फरक घटनालाई लिएर नगर प्रमुखको नीजि निवासमा हुलहुज्जत गर्न जानु कुनै पनि अवस्थामा सह्य हुने विषय होइन् । त्यस्तो अराजक घटनाप्रति हामी खेद व्यक्त गर्दछौं । त्यस्तो निन्दनिय घटनाको तत्काल छानविन गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं भनिएको छ ।
बसपार्क नजिक टिप्परको ठक्करबाट जनज्योती बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा रमिता भट्टको मृत्य भएको घटना प्रति दुःख ब्यक्त गर्दछौं विज्ञप्तीमा भनिएको छ छात्रा भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । घटनाबाट मर्माहत परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही र पीडित परिवार जनलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं । साथै घटनाबाट पाठ सिक्दै बढी सवारी चाप हुने स्थानमा ठूला सवारी साधन सञ्चालन गर्ने समय निर्धारण गरी दुर्घटनाको जोखिम घटाउन सम्बद्ध निकायसंग जोडदार माग गर्दछौं ।
जस्तासुकै घटना हुँदा पनि समाजमा अशान्ति निम्त्याउने, सार्वजननिक सम्पत्ति र व्यक्तिको नीजि सम्पत्तिमा क्षति पु¥याउने, घटनालाई राजनीतिक रंग दिएर अन्तै मोड्ने विगतदेखिको प्रवृत्तिले समाजमा त्रासको वातावरण सृजना गरेको कुराप्रति सबै राजनीतिक दल, नागरिक समाज सचेत हुनु जरुरी छ नेकपाको विज्ञप्तीमा उल्लेख छ । यस्ता समूहको समयमै पहिचान र नियन्त्रण हन नसके ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था सृजना हुने कुरालाई नकार्न सकिन्न । त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै अराजक समूहलाई निरुत्साहित गर्न सामूहिक प्रयास आवश्यक छ । साथै समाजमा शान्ति सुरक्षा कायम गर्नै अधिकार प्राप्त सुरक्षा निकायलै पनि कानूनी समाजमा अराजकता सृजना गर्ने व्यक्ति वा समुहको तत्काल पहिचान गरि कानूनी दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
नगरप्रमुुखको घरमा आक्रमण गर्न खोजिएको प्रयासको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले पनि विरोध गरेका छन । उनले एिक विज्ञप्ती जारी गर्दै चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानूनी कारवाही गर्न माग गरेका छन ।
उनले दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुःख व्यक्त गर्र्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएकोप्रति घट्नाको निन्दा गर्दै खेद व्यक्त गरेका छन ।
प्रवक्ता पाण्डेय नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोड र गालीगलौज गरिएको घट्नालाई अमानविय, हिंसात्मक र ध्वसाँत्मक भनी निन्दा गरेका छन ।
विज्ञप्तिमा तोडफोड प्रयास गर्ने समुहमाथि छानबिन गरी कानूनी कारवाही गर्न माग गरिएको छ । राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वसात्मक जस्ता क्रियाकलाप गरिएको घट्नाप्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । यसरी राजनीतिक अवाञ्चित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिकरुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौ ।
नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा टिपर चालकलाई कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार