५ जेष्ठ २०८१, शनिबार

प्रदेश सरकारको राजश्व संकलनमा बृद्धि



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को पहिलो छ महिनाको अवधिमा ५२ करोड रुपैयाँ बढि राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको प्रदेश सरकारले यस वर्ष पहिलो छ महिनाको अवधिमा लक्ष्यको ५९ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ मा ८८ करोड ६४ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको राजश्व संकलन विवरण अनुसार पुस मसान्तसम्म ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
मन्त्रालयले सवारी साधन, घरजग्गा रजिष्टे«सन, कृषि आयकर, मनोरंजन, विज्ञापन, प्राकृतिक स्रोत कर, सेवा शूल्क दस्तुर, दण्ड जरिवाना, अन्य प्रशासनिक शूल्क लगायतका शिर्षकबाट राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन शूल्क, प्राकृतिक स्रोत कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना र अन्य प्रशासनिक शूल्कतर्फमात्र राजश्व संकलन गरेको छ ।
मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले मनोरञ्जन, कृषि आय, अन्य प्रशासनिक, अन्य करको स्थानीय तहहरूले संकलन गरिरहेको भए पनि तथ्यांक मन्त्रालयमा आइनपुगेको बताए ।
मन्त्रालयले दिएको राजश्व संकलन विवरण अनुसार कृषिमा आयकर, मनोरञ्जन कर, विज्ञापन कर र रोयल्टी संकलन गर्न सकेको छैन ।
मन्त्रालयले चालू आर्थिक वर्षमा सवारी साधनतर्फ ३७ करोड ७७ लाख आठ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा छ महिनाको अवधिमा २४ करोड ४४ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, चालू आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रसन शूल्कतर्फ ३६ करोड २९ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो छ महिनासात करोड चार लाख नौ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहबाट राजश्व बाँडफाँड भई आएको प्राकृतिक स्रोत कर अन्तर्गत सात करोड रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य लिएकोमा पहिलो छ महिनाको अवधिमा १३ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व असुल गरेको छ । मन्त्रालयका अनुसार हालसम्म स्थानीय तहबाट एक करोड २७ लाख २४ हजार रुपैयाँ प्राप्त भइसकेको छ भने १२ करोड ६७ लाख ९५ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।
त्यस्तै, चालू आर्थिक वर्षमा सेवा शुल्क दस्तुरतर्फ ९० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा तीन करोड ८१ लाख ८० हजार रुपैयाँ संकलन गरेको जनाइएको छ । त्यस्तै, दण्ड जरिवानातर्फ एक लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा तीन करोड ४२ लाख ६९ हजार रुपैयाँ संकलन भइसकेको छ ।
त्यस्तै, प्रशासनिक शूल्कतर्फ ३५ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो छ महिनाको अवधिमा सात लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
मन्त्रालयले कृषि आयकरतर्फ एक लाख, मनोरञ्जन करमा १० लाख, विज्ञापन करमा २३ लाख ५५ हजार र रोयल्टीतर्फ पाँच करोड ९६ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा आठ अर्ब ६ करोड ३१ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा छ अर्व ९२ करोड ४७ लाख ८९ हजार रुपैया नौ सय २१ राजश्व संकलन भएको थियो । प्रदेश सरकारले गत आर्थिक वर्ष पनि विज्ञापन कर, मनोरञ्जन कर असुल गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार