६ असार २०८१, बुधबार

सांसद रेशमको रिहाईका लागि आन्दोलन घोषणा



काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्इ रेशमलाल चौधरी सहितको रिहाईका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन घोषणा गरेको छ ।
मोर्चाले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मण थारुले सांसद रेशम सहितको रिहाईका लागि दवाव दिन आन्दोलन गरिने बताए ।
मोर्चाका संयोजक थारुका अनुसार थरुहटमा थारुले आन्दोलनमा आदिबासी जनजातिको साथ, समर्थन र ऐक्यवद्धता रहेको बताए । उनले टीकापुर घटनापछि गठित विभिन्न आयोग र समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक नगरी सूचनाको हक समेत हनन गरिएको बताए ।
मोर्चाका प्रवक्ता मिनराज थारुका अनुसार आन्दोलनका क्रममा प्रधानमन्त्री, सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउने, धनगढीमा बृहत कार्यक्रम, कुटनीतिक नियोग तथा मानवअधिकार आयोगलाई संघर्षको कार्यक्रमबारे जानकारी गराउने, पहिचान पक्षधरहरूस“ग काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, फागुन १ गते कैलालीको धनगढीबाट सामुहिक आमरण अनसनको थालनी गर्ने, फागुन २ गते धनगढीबाट विरोध प्रदर्शन गर्ने, तीन दिने आमहडताल तथा अनिश्चितकालिन बन्दका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार