बजार अनुगमनमै कैफियत
कैलाली जिल्ला सुर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले केही दिन अघि धनगढी बजारका पसलहरूमा गरेको अनुगमनका क्रममा एउटा वितरक (पसल) बाट आवश्यक मापदण्ड पुरा नगरेका साढे छ सय बढि बोरा मेघाश्री नामको गुट्का बरामद भएको छ । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, अनुसार सूर्तिजन्य पदार्थको पाकेटमा सूर्तिजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतावनीमूलक सन्देश तथा स्पष्ट चित्र उल्लेख गर्नुपर्ने व्यवस्था छ । सो ऐनमा ‘उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, ¥यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी भागमध्ये कम्तिमा पचहत्तर प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता ब्यहोराको चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट मानव स्वास्थ्यमा पर्ने हामीलाई बुझाउने खालको स्पष्ट रंगिन चित्र तथा नेपाली भाषामा सन्देश अंकित गर्नु पर्ने’ प्रावधान छ । तर, धनगढीमा बजार अनुगमनका क्रममा बरामद भएका साढे सय बढि बोरा गुट्काको प्याकेटमा मापदण्ड पालना गरिएको छैन । बजार अनुगमन नियमित तथा संवेदनशिल कार्य हो । अझ, सूर्तिजन्य पदार्थबारेको अनुगमन अझ बढि संवेदनशील कार्य हो, किनकि यो मानव स्वास्थ्यसंग जोडिएको विषय हो ।
, अहिले गरिएको बजार अनुगमनमा केहि कैफियत देखिएको छ । अनुगमनका क्रममा धनगढीको एउटै वितरक (पसल) बाट मात्रै मापदण्ड पुरा नगरिएका सूर्तीजन्य पदार्थ (गुट्का) बरामद हुनु र अरु पसलहरुमा बरामद नहुनु स्वाभाविक मान्न सकिदैन । त्यसैगरी अनुगमन समिति बजार अनुगमनमा निस्किनु अघि नै वितरक वा पसलमा अग्रिम सूचना पुग्ने गरेको र परिणामस्वरुप सम्बन्धित पसल बन्द रहने गरेको अथवा सामान नै लुकाइने गरेको पाइएको छ । त्यसैगरी अहिलेसम्म अनुगमन समितिले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनी वा उद्योगमा अहिलेसम्म पनि अनुगमन गरिएको पाइदैन । सूर्तिजन्य पदार्थ उत्पादक उद्योग वा कम्पनीमा अनुगमन नगर्ने, तर त्यहाबाट उत्पादित सामान बिक्री गर्ने डिलर तथा पसलमा मात्रै अनुगमन गरिनु उचित मान्न सकिदैन । मानव स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएका संवेदनशील विषयमा कुनै पनि किसिमको लापरबाही गर्नु किमार्थ उचित हुन सक्दैन । त्यसैले औपचारिकता पुरा गर्नका लागि मात्रै बजार अनुगमन गर्ने मानसिकता त्याग्नु आवश्यक हुन्छ नै, “अनुगमनका नाममा चलखेल” हुन्छ भन्ने जनआरोपप्रति गम्भीर हुन पनि जरुरी छ ।
पदार्थ उत्पादन तथा विक्री वितरणमा कानून अनुसारको मापदण्ड पालना भए नभएको अनुगमनमा कुनै पनि किसिमको कमजोरी दोहोरिन दिनु हुदैन । धनगढीमा भरखरै गरिएको बजार अनुगमन र त्यस क्रममा मापदण्ड पुरा नगरिएको लाखौं रुपैया मुल्यको गुट्का बरामद भएको घटनाले सूर्तीजन्य पदार्थ उत्पादक उद्योग वा कम्पनीहरूले कानूनको पालना गर्नेतर्फ खासै चासो नदिने गरेको स्पष्ट हुन्छ । त्यसैले कैलालीमा मात्रै होइन, पुरै सुदूरपश्चिम प्रदेशभरी नै सूर्तिजन्य पदार्थको बजार अनुगमन व्यापक बनाउनु आवश्यक छ । त्यसैगरी बजार अनुगमन कार्यमा कुनै पनि किसिमको चलखेल वा कैफियत हुन नपावस् भन्नेतर्फ पनि सजगता अपनाउनु जरुरी छ ।




