१२ श्रावण २०८१, शनिबार

प्रदेश सरकारले छाडा पशु चौपाया व्यवस्थापन गर्ने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपया व्यवस्थापन गर्न कार्यविधि बनाएको छ ।

प्रदेश सरकरको सोमबार सबेको मन्त्रीपरिषद्को बैठकले सामुदायिक छाडा पशु कल्याण प्रबद्र्धन गर्न गौशाला निर्माण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको हो । भूमी व्यबस्था, कृषि तथा सरकारी मन्त्रालयले तयार गरेको सो कार्यविधि अनुसार प्रदेश सरकारले गौशाला निर्माण गरी छाडा पशु चौपायाको व्यस्थापन गर्ने भएको छ ।
सोही मन्त्रालयले तयार गरेको पशुपन्छी मोडेल फार्म स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६, मिल्क एनालाइजर वितरण कार्यक्रम सञ्चालन कार्यविधि २०७६, कृषि यान्त्रीकरण अनुदान परिचालन कार्यविधि २०७६ समेत मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन र रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठना आदेश समेत संशोधन गरेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश समपुरक अनुदान सम्बन्धि कार्यविधि (दोस्रो संशोधन) लाई पनि मन्त्रीपरिषद् स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार