१० श्रावण २०८१, बिहीबार

ओम ट्रडर्सको तेस्रो शाखा



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १ सेतोपुलमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको तेश्रो शाखाको आईतबार उदघाटन गरिएको छ ।
डिपार्टमेन्टल स्टोरका सञ्चालक महेश शाहका ७६ वर्षीया आमा नर्मदा देवी शाहले आइतबार एक कार्यक्रमबीच स्टोरको उदघाटन गरिन् ।
तीन करोड रुर्पैयाको लागतमा सुरु गरिएको सो डिपार्टमेन्टल स्टोरमा सम्पुर्ण घरायसी समानहरु उपलब्ध हुने संचालक महेशले जानकारी दिए ।
धनगढीको मेनरोडमा आफनो पहिलो शाखा स्थापन गरि सेवा सुरु गरेको डिपार्टमेन्टल स्टोरले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा असोजमा दोश्रो शाखा बिस्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार