१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा महोत्सव हुदै



डडेल्धुरा/ कृषि उद्योग तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डडेल्धुरामा चौथो डडेल्धुरा महोत्सव लाग्ने भएको छ । कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश स्तरिय कृषि पर्यटन औद्योगिक ब्यापार मेला तथा डडेल्धुरा महोत्सव यहि फागुन ८ गते देखि १८ गतेसम्म लाग्ने बताइएको छ ।
२०६५ सालमा पहिलो पटक महोत्सव लगाएको उद्योग बाणिज्य संघले यस वर्ष फरक मौसम अर्थात बसन्त ऋतुमा नेपाल भ्रमण वर्षलाई टेवा पुगाउने र विकासका संभावना पहिचान गर्ने लक्ष्य सहित महोत्सव आयोजना गर्न लागेको उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।
प्राकृतिक रुपले सुन्दर र संभावनायुक्त डडेल्धुरा जिल्लालाई विकासका संभावना उजागर गरि आर्थिक रुपमा सम्पन्न गराई डडेल्धुरामा कृषि उद्योग पर्यटन तथा व्यवसाय क्षेत्रमा रोजगारी सिर्जना गर्ने र बिद्यमान व्यवसायिक क्षेत्रलाई पनि व्यवस्थित र विकसित गर्ने लक्ष्य लिईएको अध्यक्ष भट्टले बताए ।
महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि उत्पादन, गार्मेन्ट, जुत्ताचप्पल, बैल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य बस्तु, निर्माण सामग्रीको पर्दशनी हुने जनाएको छ ।
महोत्सवमा करिब एक सय स्टल रहने र दुई लाख जति सर्बसाधारणले मेला अबलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार