२० बैशाख २०८१, बिहीबार

माघी मिलन कार्यक्रम



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्झन्नामा शनिबार माघी मिलन कार्यक्रम भएको छ ।
कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले प्रत्येक समुदायको संस्कृति नै पहिचानको आधार भएको बताए ।
उनले आफ्नो धर्म, संस्कृति तथा भेषभूषा त्यागेर कुनै पनि समुदायको पहिचान संरक्षण गर्न नसकिने बताए ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सिताराम राना, वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, वडा नम्बर ४ का अध्यक्ष दिपक थापा, वडा नम्बर ८ का अध्यक्ष नारायण बराल लगायतले माघीको शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार